जोकर - दिव्य गिरी

जोकर !
बादशाहको खुट्टा ढोग्छ
मिमको खुट्टा मल्छ
गुलाम त उसैको मित्र !
जोकर !
बास्सा, मिम र गुलामको
सधैंसधैं वरिपरि घुम्छ
दिनरात सँगसँगै हुन्छ
'पप्लुमा', 'म्यारिजमा'
अर्थात तासको हरेक खेलमा
जहाँ अप्ठेरो र सङ्कट पर्छ
जोकर उपस्थित हुन्छ
जोकर अनिवार्य हुन्छ
किनकि
जोकरको सधैं अति महत्व हुन्छ खेलमा 

तासको जस्तै मान्छे पनि जोकर हुन्छ
जोकरमान्छे !
असाधारण र विशेष
भाषण गर्न सिपालु 
झुठ बोल्न खप्पिस
कुराले नै आकाश पाताल जोड्न पोख्त ।

जोकर सबैलाई हँसाउँछ
तर आफु कहिल्यै हाँस्दैन
आफैमा
यौटा अद्भूत
रहश्य
र आश्चर्य हो जोकर !

मैले तास खेल्दा जोकरसँग खेलेको छु
म जोकरसँग तासको बण्डलमा भुलेको छु
मैले धेरै खेलहरू
जोकरको अभावमा हारेको पनि छु
मैले धेरै खेलहरू
जोकरकै सहायताले जितेको पनि छु

तर आज,
त्यही जोकरले
मेरो वर्तमान र भविष्यसँग
मनपरि गरिरहेछ
मेरो चाहना, आकाँक्षा र जीवनसँग
खेलवाड अनि षडयन्त्र गरिरहेछ
यस अर्थमा म अहिले
जोकरहरूको घेराभित्र परेको छु
जोकरहरूको षडयन्त्रभित्र फसेको छु
जोकरहरूको लाखेनाच हेर्न विवश छु
जोकरहरूको नौटङ्की हेर्न वाध्य छु ।

यतिवेला शहरमा भेला भएर
नयाँ बादशाह, मिम र गुलामको
पछिपछि दगुरिरहेका मानिसहरू
जोकर नै हुन् भनी जान्दाजान्दै पनि
म तिनै जोकरहरूलाई
नायक मान्न वाध्य छु
म तिनै जोकरहरूलाई
लायक ठान्न विवश छु
किनकि यति हुँदाहुँदै पनि आज
तिनै जोकरहरूको हातमा छ मेरो वर्तमान !
तिनै जोकरहरूको साथमा छ मेरो भविष्य !!

2 comments:

Unknown said...

साँच्चै जोकर अति जोकर हुन्छ जस्तै मारुणीमा पनि ढटुवारे हुन्छ
ठीक त्यसले जोकर जस्तो काम गर्छ। कतिबेला के हुन्छ पतो नै हुँदैन। कविता अति मिठो।

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK