कृष्णकला वनेम - गीत
अधुरो भो अपुरो भो ,जिन्दगी यो किन  ?
आज आफ्नै जिन्दगानी ,भार बन्यो किन  ?

भाग्य खोजी हिड्दा हिड्दै ,थाकी सके अब  ,
सन्सार छोडी जाउ लाग्छ ,अन्त कतै पर  ,,
जहा हिड्छु बाटो मेरो ,भत्कि दिन्छ किन  ?
आज आफ्नै जिन्दगानी ,भार बन्यो किन  ?
अधुरो भो  ……………………………

अरु जस्तै सङ्घर्ष त ,गरेकैछु मैले पनि  ,
असफल हुन्छु किन ,जिन्दगीमा जैले पनि  ?
जहा रोप्छु सपना मेरो ,ओईली झर्छ किन  ?
आज आफ्नै जिन्दगानी ,भार बन्यो किन  ?
अधुरो भो  ……………………………

9/5/2011,Monday………

No comments: