सपना देख्नेहरू - बिष्णु पुन

उनिहरू जो सुकै हुन
उनिहरूको संसार पलपल
चाहे त्यो मृत्युको छालहरू बिचमा किन नहोस
हाँसिरहेकै हुन्छ
जो संग आशाका दृद सपनाहरू हुन्छन

उनिहरू जो सुकै हुन
उनिहरूको दुनियाँ पलपल
चाहे त्यो बलिरहेको आगोको बिचमा किन नहोस
झगमगाइरहेकै हुन्छ
जो संग बिजयको अनन्त सपनाहरू हुन्छन

उनिहरू जो सुकै हुन
उनिहरूको जीवन पलपल
चाहे त्यो काँडै-काँडारू बिचमा किन नहोस
फुलिरहेकै हुन्छ
जो संग फूल जस्तै फुलिरहने सपनाहरू हुन्छन

उनिहरू जो सुकै हुन
उनिहरूको आकाङक्षा पलपल
चाहे त्यो निष्पट रजनिमा किन नहोस
झुल्किरहेकै हुन्छ
जो संग धर्तीबरी उज्यालो र्छर्ने सपनाहरू हुन्छन

जो संग सपना हुन्छ
उ संग अस्तित्व हुन्छ ।
जो संग सपना हुन्छ
उ संग महत्व हुन्छ ।
जो संग सपना हुन्छ
उ संग जीवन हुन्छ ।
तर जरूर
त्यो कुनै रातको निदरीमा
देखिने मिथ्या सपना होइन ।

No comments: