टंक सम्वाहाम्फे - मृत्यु श्रृंखला

यता अलिकति बाँडिदै उता अलिकति चुडिदै
सम्झेर पुन बिर्सदै
हतारमा जीवन
मर्दैछौं हरेक दिन
क्रमश हिजो...आज...भोलि...पर्सी

धकेल्दै निरन्तर मृत्युयात्रामा पाइतालाहरु
त्यो मलाई थाहा छ
त्यो तपाईलाई थाहा छ
अथवा दुनियाँलाई थाहा छ
तर थाहा भएर पनि
जीउँनुको ब्यस्तताले
ती भूलिदिन्छौ
यहाँ मलामी बिनाका
जीउदो लाशहरु
हुलका हुल
वस्तिमा/गाउँमा/शहरमा
खचाखच
वेपर्वाह हिडीरहेका छन्
म जस्तै जीउँदो लाश वनेर
तिनीहरु सडकमा
जीवन कुनै दिन यो जगतमा
रहन्न भन्ने कुरा थाहा पाएर पनि
अनेकौ रोगब्याध कुल्चेर
अनेकौ घट्ना दुर्घटना नाघेर
वाच्ने म्याद थपीरहन्छौ वारम्वार
जीउँने वाहनामा
आफन्तहरु खोज्छौ
नाताहरु गाँस्छौ
धनसम्पति जोड्छौ
नाम सुवास रोप्छौ
र मानिसहरुसंग आत्मियताको न्यानो ओड्छौ
तत्क्षण पराजीत गरे झै लाग्छ मृत्यलार्इ
हो त्यसै वेला निशंकोच ओठमा फुल्छन्
असंख्यौ गुलावी मुस्कानहरु
तर त्यो एउटा मात्र आभाष रहेछ
वाचेकै छु कि भन्ने दुनियाँमा
आखीर कहाँ रोकिएको छ र ?
मृत्युश्रृङखला
आदि अनादी कालदेखि अहिलेसम्म
अव कहाँ रोकिन्छ होला र ?
आउँने समयहरुमा पनि
त्यसकारण हामी जो कोहीले
जन्मे कै दिन
सुभारम्भ गरेका हुँदा रहेछौ
मृत्युयात्रालाई
हामीले देख्दछौ
हामीले भोग्दछौ
र अन्त्यमा आफैले वरण गर्दछौ
यो ध्रुवसत्य कुरा हो
न त कसैले टार्न सक्छ
न त कसैले बार्न सक्छ
त्यसैले त रोक्दै नरोकिने श्रृङखला हो
मृत्युयात्रामा
निक्कै हिडी सकिएछ
आज मलाई थाहा भयो
किनभने
हिजो शिशु थिए
हिजो युवा थिए
हिजो वयस्क थिए
तर आज सामाजिक मान्यताले
नागरिक भएको छु
र भोलि प्रौढ हुनेछु
र भोलि वृद्धा बन्नेछु
किनकी ती सबै
समयले दिने उपहारहरु हुन्

आफैलाई उभ्याएर हेर्दा थाहा पाए
मृत्युको नजरबाट लुक्नलाई
अजम्वरीको वुटी खोज्दै
बाँचेको रहेछु
बाँचेका रहेछौ
किनभने अकाट्य कुरासंग
छलिन खोज्नु
एउटा असल प्रयास मात्र रहेछ
एउटा भ्रम मात्र रहेछ
हो त्यसैले हामी
रीस,राग,इश्या,लोभ,लालच
र भ्रम बाँचेका रहेछौ
बाँच्नुसंग
जीवन जोडिए पनि
ब्यावहार जोडिए पनि
परीवार जोडिए पनि
नाता सम्वन्ध जोडिए पनि
अथवा जोडिने कुरा सबै जोडिए पनि
त्यो वास्तवमा श्रृङखला नै हो
मृत्यु यात्राको
दुनियाँलाई देखेर
संसारीक मोहमा फस्दा
कहिले कहि आफैलाई भुल्छौ
त्यसवेला मात्र जीवन
जीवन पाए झैं लाग्दछ
जीवन बाँचे झैं लाग्दछ
अथवा जीवन
जीवन झैं लाग्दछ
जीवन जहाँसुकै भएपनि
जीवन जस्तोसुकै भएपनि
अलिकति हाँसेर बाँच्नुमा
कलिकति नाचेर हाँस्नुमा
कलिकति मिलेर बस्नुमा
सारा जीवन रहेछ
हुन त मृत्यु कहाँ छैन र ?
यत्रतत्र/सर्वत्र
र्सवकालिन फैलिएको छ जगतमा
लाग्छ यसैको पृष्ठभूमीमा
जीवन सौदा गरेर
यता अलिकति बाँडिदै उता अलिकति चुडिदै
सम्झेर पुन बिर्सदै
हतारमा जीवन
मर्दैछौं हरेक दिन
क्रमश हिजो...आज...भोलि...पर्सी …
धकेल्दै निरन्तर मृत्युयात्रामा पाइतालाहरु

4 comments:

aakashanukul said...

dami chhaa.

tour in nepal

DB Jirel said...

सुन्दर कविता....दुनियाको यथार्थ जसलाई एक एक मान्छेले नजरअन्दाज गर्छन/ हुन् त मान्छे पलपल मरिरहेका हुन्छन तर अन्त्यमा भोली भोली भन्दा भन्दै जीवनप्याला घोप्टिन्छ र महाम्रित्युको सामना गर्छ...
यस्तै भावले व्याप्त यो कविता पठनीय छ /

www.nepalipoemsofdb.blogspot.com

Jame Obama said...

Nice article
visit
free money
to learn and earn more money.

Adams Kevin said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY
OK