पवित्रा रार्इ - परिवर्तन हुदै
वर्षहरुमा सधै रुमलीन्दै
घण्टौ घण्ट समय हिडिरहन्छ
सेकेन्ड मिनेटहरुमा घुम्दै
बर्षहरु सधै बिति रहन्छ

दिन हप्ता महिनाहरुमा टुक्रिन्दै
हिजो आज भोली पर्सिहरु बित्छ
महिना बर्षहरुमा परिणत हुदै
बस्नुछ यहाँ हजारौ आजहरुलाई
हिजोको शव्दहरुमा र्दै

आजका यि पाईलाहरु मेटिन्दै जान्छ
हिजो   अस्तिमा  बदलिन्दै
भोलि   पर्सिहरुसंगै  केबल
स्मृतिमा   परिर्वतन  हुदै

निरन्तर निरन्तर हिडि नै रहन्छ
यि समयहरु पोहोर पराहार हुदै
नयाँ बर्षहरुमा फेरिएर
पुरानो  बर्षरुमा सधै टाढिन्दै

खुःसीयाली छरी दिन्छ
आई दिन्छ नौलो समयहरु रमाउदै
जान्छ फेरी  नर्फीने गरी
अतितहरुमा मिसिन्दै

यो आउने जाने  समयलाई
रोक्न सकिन्न कसैले
छोड्नै पर्छ आजको समय
हिजो भन्दै खुःसी यो मनले

रोकेर राख्नु मिल्ने भए धेरै आजहरु
रोकिन्थ्यो सबैले
हिजोको आजहरु फर्काएरर्
बर्तमान बनाईन्थ्यो खुःसीले

राखिन्थ्यो समयहरुलाई
पक्रीएर आफ्नै हातहरुले
कहिले पनि नछोड्ने गरी
- आफ्नै खुः सीले 

No comments: