राकेश कार्की -  माया तिमीले छोडेपछि
माया तिमीले छोडेपछि नसोध मलाई
बाचा कसम तोडेपछि नसोध मलाई


म त त्यहीँ छु जस्ताको त्यस्तै छु
अर्को जिन्दगी ओडेपछि नसोध मलाई

मनको बिरुवा उखेलेर बास्ना सबैलगी
अन्तै रोपी गोडेपछि नसोध मलाई

हाल के बताउँ के भो भन्छन् सबैले
मुटुमा घाउ जोडेपछि नसोध मलाई

पालैपालो फुकेका भविष्यका बेलुनहरु
नसजाई कनै फोडेपछि नसोध मलाई

(लस् एन्जेलस्)

No comments: